Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल प्रहरीका पाँच प्राविधिक एसपी (एसएसपी)मा बढुवा गर्न सिफारिस


नेपाल प्रहरीका पाँच प्राविधिक एसपी (एसएसपी)मा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच प्राविधिक एसपीलाई एसएसपी पदमा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिस हुनेमा एक कम्प्युटर प्राविधिक र अरु चिकित्सा समूहका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत डिजिटल फोरेन्सिक ल्याबमा कार्यरत एसपी श्यामकुमार मण्डल एसएसपी बढुवाका निम्ति सिफारिस भएका हुन् ।

प्रहरी अस्पतालमा कार्यरत एसपीहरु डा. केदार खड्गी, डा.छन्दबहादुर बुढाथोकी, डा.पवनकुमार राय र डा. सुवर्ण कुँवर एसएसपीका निम्ति सिफारिस भएका छन् । डा.खड्गी रेडियोलोजी, डा. बुढाथोकी मेडिसिन, डा.राय गण्डकी प्रदेश प्रहरी अस्पताल र डा. कुँवर डेन्टल शाखामा कार्यरत छन् ।