Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लाइभ बेकरीलाई विभागले तिरायो २ लाख जरिबाना


लाइभ बेकरीलाई विभागले तिरायो २ लाख जरिबाना

काठमाडौं । कागेश्वरी मनोहरास्थित लाभइ बेकरीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको टोलीले सोमबार गरेको अनुगमन पछि सो बेकरीलाई २ लाख जरिबाना तिराइएको विभागले उल्लेख गरेको छ । रिलेबलङि गरेको, गुणस्तर, परिमाण, मूल्य तथा नापतौलमा समेत हेरफेर गरेको पाइएपछि सो बेकरीलाई जरिवाना तिराइएको विभागले जनाएको छ ।

विभागले सोमबार कै अनुगमनबाट गौरङ सारिज प्रालि र पिटस्टक इनकर्पोरेटेड प्रालिलाई ५०/५० हजार जरिबाना तिराएको छ । उक्त कम्पनीमाथि दर्ता प्रमाणपत्र र मूल्य सूची नराखेको कसुरमा जरिबाना गरिएको विभागको विवरणमा उल्लेख छ ।

सोमबार नै अनुगमनबाट फर्निरच एण्ड फर्निसिङ हाउस ललितपुर र सरस्वती खाद्य किराना पसललाई समेत १०/१० हजार जरिवाना गरिएको छ । यी पसलहरुले खरिद बिल बिजक नराखेको कसुरमा जरिवाना तिराइएको हो ।