Wednesday, July 30, 2025

२०८२ श्रावण १५, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनको तयारीमा


‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनको तयारीमा

काठमाडौं । ललितपुरको गोदावरीमा सुविधा सम्पन्न होटल ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालनको तयारीमा रहेको छ । निर्माण कार्य सुरु भएको ६ वर्षपछि रिसोर्ट सञ्चालनका लागि तयार भएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए । अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा रहेको ‘गोदावरी फरेस्ट रिसोर्ट’ दशैँ अगाडिबाट सञ्चालनमा आउने छ ।

एक अर्ब ९५ करोड रुपियाँ लागतमा तयार भएको रिसोर्टमा कुल ८३ वटा सुविधा सम्पन्न कोठा रहेका छन् । रिसोर्टमा श्रेष्ठसहित कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।

यस्तै रिसोर्टमा तीन वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, तीन सय क्षमताको इभेन्ट प्लेस, दुई वटा अत्याधुनिक रेस्टुरेन्ट, स्पा, फिटनेस सेन्टर, उच्चस्तरको ब्युटीपार्लर, गिफ्ट सपलगायत सुविधा रहेको छ ।

सञ्चालक श्रेष्ठकाअनुसार पाँचतारे सुविधा प्रदान गरिने गरी तयार पारिएको रिसोर्टले अहिले चारतारे स्तरको वर्गीकरण लिनेछ । रिसोर्टमा ५० भन्दा बढी चारपाङ्ग्रे सवारीसाधनका लागि पार्किङको क्षमता छ । रिसोर्ट मुख्यगरी भारतीय र चिनियाँ पर्यटकलाई लक्षित गरी निर्माण गरिएको हो ।