Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इपिएस हटाउन दक्षिण कोरियामा जुलुस


इपिएस हटाउन दक्षिण कोरियामा जुलुस

एजेन्सी । दक्षिण कोरियामा कार्यरत आप्रवासी श्रमिकको आधिकारिक ट्रेड युनियन प्रवासी श्रमिक युनियन (एमटीयूसी) ले जुन १८ तारिख सोलस्थित पोछन सोङरीमा जुलुस प्रदर्शन गर्‍यो । प्रवासी श्रमिकको अधिकारको प्राप्तिका लागि एमटीयूसीलाई ‘कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन (केसीटीयू) ले प्रोत्साहन गर्छ ।


नेपालसहित १६ वटा स्रोत देशबाट श्रमिक लैजान प्रयोगमा ल्याइएको रोजगार अनुमति प्रणाली ईपीएस को विपक्षमा युनियन   छ । एमटीयूसीले ईपीएसलाई हटाएर श्रमिकको स्वेच्छाले कार्यस्थल परिवर्तन गर्न पाउने गरी कार्य अनुमति प्रणाली डब्लूपीएस लागू गर्न सोल सहरको चोकतिर निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

मंगलबार असार ५ सरकार, रोजगारदाता र ट्रेड युनियन सम्मिलित त्रिपक्षीय कार्यदलको बैठकमा पनि युनियन ईपीएस हटाउने पक्षमा उभियो । कोरियाको श्रम मन्त्रालयले दुई वर्ष अगाडि ईपीएस प्रणालीमा आएका श्रमिकको खाने, बस्ने खर्चसम्बन्धी निर्देशिका र कार्यस्थल परिवर्तनसम्बन्धी विवादलाई टुंगोमा पुर्‍याउन त्रिपक्षीय कार्यदल गठन गरेको थियो ।

मंगलबारको बैठकमा श्रमिकको खान, बस्ने निर्देशिकामा मात्रै सहमति भयो । अब रोजगारदाताले तोकिएको भाडा प्रतिव्यक्तिसँग नभई कोठामा बसेको सबैसँग भाग लगाएर श्रमिकले तिर्नुपर्ने मागमा सहमति भयो । यसअघि कोठाको भाडा ३ लाख वोन हो भने प्रत्येक व्यक्तिबाट ३र३ लाख वोन लिने गरिएको थियो । आजको कान्तिपुरमा समाचार छ  ।