काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागले सम्पत्ति सुद्धीकरण केवाइसी फारम भर्न सहकारी संस्थाहरुलाई ताकेता गरेको छ । विभागले एक सुचना जारी गर्दै तत्काल फामर भर्न ताकेता गरेको हो ।
यसअघि पनि विभागलिे पटक—पटक सदस्यहरुको विवरण तयार गर्न निर्देशन दिएको थियो । तर, अधिकांस सहकारीहरुले निर्देशनको अटेरी गर्दै आएका छन् । विभागले सहकारीमा देखिएको आर्थिक तरलताकाबीच सदस्यहरुको सम्पत्ति विवरण माग गर्दा थप समस्या आउने भन्दै सहकारी संस्थाहरुले निर्देशनको पालन गरिरहेका छैनन् ।
विभागले सम्पत्ति सुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ , सम्पत्ति सुद्धीकरण निवार निमावली, २०७३ को नियम ४ र ५ तथा सहकारी विभागवाट सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित)निर्देशन, २०७४ को दफा ३ अनुसार सहकारी संघ, संस्थामा सदस्य हुन इच्छुक व्यक्तीको पहिचान तथा सम्पुष्टि गरेर मात्र सदस्य बनाउनु पर्ने व्यवस्था रहेको व्यहोरा पुनःअवगत गराइन्छ ।
सुचनामा भनिएको सदस्यहरुको पहिचान गर्दा सदस्यहरुको विस्तृत विवरण केवाइसी फारम भर्नु पर्ने र सो को नमुना सम्पत्ति सुद्धीकरण निवारण सम्वन्धी सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको (तेस्रो संशोधन सहित) निर्देशन,२०७४ मा रहेको छ ।
सहकारी संघ/संस्थाहरुको अनुगमन गरिने हुँदा सबै सदस्यहरुको फारम भरे, नभरेको समेत अनुगमन गरिने हुँदा सबै सदस्यहरुको फारम भरि सदस्यहरुको अभिलेख स्पष्ट र व्यवस्थित गरी संस्थामा राख्नुहुन निर्देशन गरिन्छ ।