काठमाडौं । लुम्बिनी प्रदेश सभामा पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश सभाको पाँचौं अधिवेशनको तेस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको सैद्धान्तिक छलफलमा तीनजना प्रदेश सभा सदस्यले भाग लिएका थिए । प्रदेश सभा सदस्य निमा गिरीले आर्थिक स्थायित्व कायम गर्न विधेयकले मार्गनिर्देशन प्रदान गर्ने बताइन् । योजना तथा बजेट निर्माण गर्दा प्रदेश सभा सदस्यको भूमिका बढाउनुपर्ने धारणा राखिन् ।
लुम्बिनी प्रदेश सभाः वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयकमाथि सैद्धान्तिक छलफल