Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एलआईसी नेपालको वार्षिक साधारणसभाको समय परिवर्तन


एलआईसी नेपालको वार्षिक साधारणसभाको समय परिवर्तन

काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभाको समयमा परिवर्तन गरेको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी समय परिवर्तन गर्दै वार्षिक साधारणसभाको मध्याह्न १२ः१५ बजे सुरु हुने जानकारी गराएको हो।
एलआईसी नेपाल सञ्चालक समितिको गत साउन १७ गते वार्षिक साधारणसभा तोकेको थियो। सभा काठमाण्डौको नक्सालस्थित भगवती बहालमा रहेको लिसारा रिसेप्सनमा अपराह्न ३ बजेदेखि सुरु हुने भनिएको थियो।

सभाले कम्पनीको हालय कायम पुँजी संरचनामा संस्थापक र साधारण सेयरको ७०ः३० अनुपातलाई परिवर्तन गरी ६५ः३५ प्रतिशत कायम गर्न संस्थापक सेयरलाई साधारणसभा सेयरमा परिणत गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिने भएको छ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायहरुसँग आवश्यक सुझाव र निर्देशन दिएमा सोहीअनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्योजन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले संस्थापक सेयरधनीका तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई पारित गर्ने र सभाले आर्थिक वर्ष २०७७–७८को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने कार्यक्रम रहेको छ ।