Sunday, June 29, 2025

२०८२ असार १५, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भोजपुरमा आगलागी, २६ लाख ५० हजार बराबरको क्षति


भोजपुरमा आगलागी, २६ लाख ५० हजार बराबरको क्षति

काठमाडौं । भोजपुर नगरपालिका–८, बर बोटका ज्ञानराज विष्टको घरमा आगलागी हुँदा २६ लाख ५० हजार बराबरको क्षति भएको छ । लक्ष्मीपूजा गरेको दिगोबाट आगो सल्केर  घरमा एक्कासि आगलागी हुँदा घरमा भएको  सुनचाँदी, नगद पैसा, अन्नपात लगायत सामग्रीहरू जल्दा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिए ।

उनका अनुसार विष्टले घरमा लक्ष्मी पूजा गरेर स परिवार छिमेकीकोमा गएको बेला घरमा एक्कासी आगलागी भएको थियो । भोजपुर नगरपालिकाको दमकल,नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोग डेढ घण्टापछि आगो नियन्त्रण भएको वडाध्यक्ष नवीन प्रधानले बताए ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरी निरीक्षक लिम्बुले जानकारी दिए।