Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से साढे २४ अंकले घट्यो, ३ अर्ब ७९ करोडको कारोबार


नेप्से साढे २४ अंकले घट्यो, ३ अर्ब ७९ करोडको कारोबार

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २४.५८ अंकले घटेर १ हजार ९ सय ७४.३७ अंकमा ओर्लेको छ ।

अघिल्लो दिनको तुलनामा यो १.२३ प्रतिशतले कम हो । गत बिहीबार ७.३१ अंकले घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही प्रवृति पछ्याएको हो ।

आइतबार कारोबारमा आएकामध्ये ४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ९६ वटाको घट्यो र बाँकी ७ वटाको स्थिर रहयो । उक्त दिन ६० हजार ५ सय २३ वटा कारोबारबाट ९७ लाख ७२ हजार ८ सय ३ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत बिहीबार ४ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।