Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब आइएमई पे बाट टिकट काट्दा २०० सय रुपैयाँ क्यासब्याक पाउने


अब आइएमई पे बाट टिकट काट्दा २०० सय रुपैयाँ क्यासब्याक पाउने

काठमाडौं, श्रावण १२ । अब आइएमई पे ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्स अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा २०० सय रुपैयाँ क्यासब्याक पाउने छन्।

यो अफर साउन ७ गतेदेखि साउन २६ सम्म लागू हुने कम्पनीको भनाइ छ। उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्नेछन्।

सो अफर अवधिभित्रमा एयरलाइन्सको टिकट काट्ने ग्राहकले साविकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने कम्पनीको भनाइ छ।