Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयरबजार लगानी कर्ता र अर्थमन्त्रीबीच छलफल


शेयरबजार लगानी कर्ता र अर्थमन्त्रीबीच छलफल

काठमाडौं, २१ जेठ । विगत चारदिनदेखि सडकमा आन्दोलनरत शेयरबजारका लगानीकर्ता र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच अहिले भेटवार्ता हुदैछ । अर्थमन्त्री भारत भ्रमणबाट आएसंगै लगानीकर्ताको प्रतिनिधि टोली अर्थमन्त्रालय पुगेके हो ।

लगानीकर्ताको तर्फबाट तिलक कोइराला, केशब कोईराला, नयन बास्तोला, तुल्सिराम ढकाल, राजन लम्साल, तारा फुल्लेल, एसपी चौलागाई, रोहन कार्की छलफलमा सहभागी छन्। सरकारको तर्फबाट अर्थमन्त्रालयक सचिव, सहसचिब, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तिरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली समेत रहेका छन्।

बजेटको नयाँ व्यवस्थाले पूँजी बजार र घर जग्गामा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै क्षति पुर्याउने लगानीकर्ताहरूको भनाइ छ। विद्यमान पूँजीगत लाभकर ५ र ७।५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने शेयर बजारका लगानीकर्ताहरुको अडान छ।