Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सल्यानमा निःशुल्क माटो परीक्षण हुँदै


सल्यानमा निःशुल्क माटो परीक्षण हुँदै

काठमाडौं । सल्यानको शारदा नगरपालिकामा माटो परीक्षण निःशुल्क गरिएको छ । एकीकृत कृषि प्रयोगशाला कर्णाली प्रदेशको सुर्खेत प्राविधिक सहयोग र शारदा नगरपालिका कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण शिविर सञ्चालन गरिएको हो ।

माटोको उर्वराशक्ति पत्ता लगाई माटोमा अम्लीय र क्षारीयपना पत्ता लगाउन शिविर आयोजना गरिएको कृषि विकास शाखाले बताएको छ । माटो परीक्षणका क्रममा अम्लीय भेटिएको माटोको सुधारका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिने समेतले राईले बताए । किसानले युरिया मलको मात्र प्रयोग गर्दा माटोमा अम्लीयपना बढी हुने र खाद्य तत्त्व उत्पादनमा कमी हुँदै जाने बताएको छ ।