Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नगरपालिकाले बनाएको करोडौंको पक्की सडकमा कीर्तिपुर हस्पिटलको यत्रतत्र र असरल्ल पार्किङ![फोटो र भिडिओ सहित ]

हस्पीटललाई पार्किङ गर्न बाटो बनाएको होइनः प्रशासकी...


नगरपालिकाले बनाएको करोडौंको पक्की सडकमा कीर्तिपुर हस्पिटलको यत्रतत्र र असरल्ल पार्किङ![फोटो र भिडिओ सहित ]

काठमाडौं । कीर्तिपुर हस्पिटल बर्न सेन्टर पनि रहेकाले दिनहुँ विरामीको भिड हुने गर्छ । विशेषगरि नेपालको एकमात्रै सुविधा सम्पन्न बर्न सेन्टर भएकाले विरामीको कमी हुदैन । दिनहुँ जसो विरामीको चाप बढ्दा हस्पिटल पुग्ने सडक खाल्टाखुल्टी र पानी जम्ने समस्या रहेपछि स्थानीयको पहलमा कीर्तिपुर नगरपालिकाले एक महिनाअघि मात्रै हस्पिटल आसपासमा रहेको सकडलाई थप चौडा बनाई कालोपत्रे गरेको थियो ।

हस्पिटलमा आउने विरामीकालागि समस्या नहोस् भन्नलाई नगरपालिकाले करोडौं बजेटमा निर्माण गरिएको सडकको दुबै तर्फ अहिले यत्रतत्र र असरल्ल पार्किङ हुने गरेको छ । जसले गर्दा हस्पिटल आउने—जाने र सार्वजनिक तथा निजि सवारी साधान सञ्चालनमा समस्या बढ्न थालेको छ ।

बाटो फराकिलो बन्दा आउजाउमा सुविधा होला भनेको दुबै तर्फ पार्किङले सवारी साधान भरिदा थप बाटो साधुँरो बनेको र दुर्घटनाको जोखिम बढेको एक स्थानीयले बताए । उनले भने, कीर्तिपुर नगरपालिकाले सो क्षेत्रमा सडक निर्माण गरेन भनेर खुबै आलोचना भयो, अहिले सडक बनेपछि यत्रतत्र पार्किङ छ ।

कीर्तिपुर नयाँ बजार हुदैँ हस्पिटलबाट पुनःकीर्तिपुर बस पार्क आउने एक तर्फी सडक भएकाले त्यहाँ सवारी साधनको चाप हुने गरेको छ । तर, सडकमा यत्रतत्र पार्किङका कारण थप समस्या बढेको छ । हस्पिटल प्रशासनले हस्पिटल छिर्ने सडक अघिनै पार्किङ छैन भन्ने बोर्ड राखेको छ । जसले गर्दा सेवाग्राहीले सडकमै सवारी साधन पार्किङ गरेर हस्पिटल जाने गरेको गरेका छन् । भने, भाडाका सवारी साधन, ट्याक्सीहरु सडकमै लाम लागेर रोक्ने गरेको देखिन्छ ।

यस विषयमा हामीले हस्पिटल प्रशासनसँग जानकारी दिने क्रममा हस्पिटलको फोन उठेन । हस्पिटल अघि यत्रतत्र पार्किङ हस्पिटल प्रशासनलाई जानकारी छैन वा नभएको जस्तो गरेको हो ? हामीले कीर्तिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रशाद बास्कोटासँग जान्ने प्रयास गर्दा उनले अहिले नगरपालिकाको अधिवेशनकालागि केहि व्यस्तता भएपनि यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले कीर्तिपुर हस्पीटल अघिको बाटो पार्किङकालागि नभएको बताए ।

उनले माघ महिनाको पहिलो साता ट्राफिक प्रहरी, सम्बन्धीत निकाय, यातायात व्यवसायी लगायतसँग छलफलगरि सो क्षेत्रमा पार्कीङ हटाउने प्रतिवद्धता जनाए । एक तर्फी बाटोमा यत्रतत्र पार्किङ बढ्दा दुर्घटना बढेको छ भने, हस्पीटल आउने सेवा ग्राहीलाई थप समस्या देखिएको छ ।

हस्पिटले आफ्नो प्राङगनमा पार्किङको व्यवस्थापन गर्न नसक्दा समस्या आएको एक सेवाग्राहीको भनाई छ । उनले भने, हामीलाई पार्किङको व्यवस्था गरे हामीले सडकमा सवारी साधन राख्नु नपर्ने उनको भनाई छ । यस विषयमा सम्बन्धीत निकायको ध्यान जान आवश्यक छ ।