Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देशको अर्थतन्त्र सुधारात्मक स्थितिमाःअर्थमन्त्री डा.महत

अर्धवार्षिक समीक्षा


देशको अर्थतन्त्र सुधारात्मक स्थितिमाःअर्थमन्त्री डा.महत

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्ष २०८०—८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन् । यसैबीच, अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् ।

आज अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै उनले अर्थतन्त्रमा सुधारको स्थिति आएको बताएका हुन् । अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए ।

यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । यस्तै, कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको उनको भनाई छ ।

जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उनको विश्लेषण छ । यद्यपि, पछिल्लो समय कर्जा प्रवाह बढ्न थालेको र यसको मुख्य कारण ब्याजदर घट्नु नै रहेको अर्थमन्त्रीको भनाई छ ।