Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की निर्वाचित


नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की निर्वाचित

काठमाडौं । नेपाल हिमालय सिमापार वाणिज्य सङ्घको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । सङ्घको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४ मत ल्याएका हुन ।

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी पार्दै कार्की निर्वाचित भएका छन् । दुई वरिष्ठ उपाध्यक्षमा गङ्गाबहादुर घिमिरे (सागर) ले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई निर्वाचित भएका हुन ।

यस्तै सचिव पदका लागि पाँच जनाको उम्मेदवारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो ।