Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौैं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुई बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। एनआईसी एशियाले असोज २८ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।