Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यातायातमा अनलाइन प्रणाली प्रभावकारी बन्दै


यातायातमा अनलाइन प्रणाली प्रभावकारी बन्दै

काठमाडौं । यातायात कार्यालयले सुरु गरेको अनलाइन प्रणाली प्रभावकारी बन्दै गएको छ । सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि ल्याइएको अनलाइन प्रणालीले सेवाग्राहीलाई सहयोग पुगेको हो । आर्थिक वर्ष २०८०-८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ । अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुने छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम अघि बढाएको थियो । पोखरामा यसअघि नै अनलाइन सेवा सञ्चालन गरिएको थियो ।

यातायात कार्यालयमा रहेका पुराना ढड्डालाई पनि अनलाइनमा राखिने भएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले “अनलाइनबाट सेवा सुरु भएका छन् । पुराना ढड्डालाई पनि अनलाइनमा राख्ने काम हुन्छ । अबको एक डेढ वर्षमा पुराना ढड्डा पनि अनलाइनमा राख्ने काम सकिन्छ उनले भने ।”

यसैबिच सवारीचालक अनुमतिपत्र लाइसेन्सको पूर्ण छपाइको काम एक महिनापछि सुरु हुने भएको छ । छपाइ कार्ड सकिएपछि विगत छ महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको यातायात व्यवस्था विभागले पुस अन्तिमसम्म कार्ड आएपछि छपाइ सुरु हुने जनाएको छ ।

विभागका अनुसार हाल १२ लाखप्रति लाइसेन्स छाप्न बाँकी छ । जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइँदै छ । पहिलो चरणमा छ लाखप्रति कार्ड आउँदै छ । त्यसको ८० दिनपछि थप छ लाखप्रति कार्ड आउने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

हाल लाइसेन्सको माग दैनिक करिब पाँच हजारप्रति छ । दुई चरणमा आउने १२ लाखप्रति लाइसेन्स छाप्न बाँकी प्रिन्ट गर्दा सकिन्छ । थप कार्डका लागि नयाँ टेन्डर र मेसिन खरिद प्रव्रिmया अघि बढेको विभागले जनाएको छ । विभागका अनुसार श्रम र अध्ययनमा विदेश जाने नेपाली र शान्ति मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरीका सवारीचालकलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराइँदै आएको छ ।