Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

ट्विटरले थप सुविधा दिँदै, बढायो २५ हजार लिमिट क्यारेक्टर


ट्विटरले थप सुविधा दिँदै, बढायो २५ हजार लिमिट क्यारेक्टर

काठमाडौं । माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले प्रयोगकर्ताका लागि थप सुविधाका प्रदान गर्दै क्यारेक्टर लिमिट बढाएर २५ हजार पुर्याएको छ ।

कम्पनीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत क्यारेक्टर लिमिट बढाइएको जानकारी गराएको हो । यसका साथै प्रयोगकर्ताले अब क्यारेक्टरसँग इमेज पनि राख्न सक्नेछ ।

ट्विटरले यी सुविधाको फाइदा ब्लु सब्सक्रिप्शन योजना लिने प्रयोगकर्तालाई मात्र उपलब्ध हुने एजेन्सीले जनाएको छ । कम्पनीका मालिक एलन मस्कले यसबारे ट्विट गर्दै भनेका छन्, ‘लङ फर्म पोष्टमा सुधार गरिएको छ, जसमा क्यारेक्टर लिमिट बढाएर २५ हजार पुर्याएको छ ।’

यसअघि गत अप्रिल १४ मा कम्पनीले ब्लु सब्सक्राइबर्सका लागि क्यारेक्टर लिमिट २८० बाट बढाएर १० हजार पुर्याएको थियो । अब ट्विटरमा बोल्ड र इटालिकजस्ता टेक्स्ट फर्म्याटको पनि प्रयोग गर्न सकिनेछ ।