काठमाडौं । अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसाय सुरुगरेकी छन् । काठमाडौंको कमलपोखरीमा उनले व्यवसायको थालनी गरेकी हुन् । अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रुपमा काठमाडौंबाट यो व्यवसायको थालनी गरेको बताइन् ।
गिरीका अनुसार यो होम सलूनले सेवाग्रहीलाई उनीहरुले चाहेको समयमा, उनीको घरमै अथवा उनीहरुले तोकेको स्थानमै गएर सेवा दिनेछन् । प्रारम्भिक चरणमा सलोन टाइममा तीन जना व्यूटिसिन तथा मेकअप आर्टिष्टहरुले सेवा दिइरहेका छन् । केही दिन भित्रै यसको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरसहित पूरै काठमाडौं उपत्यकामा उपलब्ध हुनेछ ।