Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नदी तथा खोलाको गिट्टी, बालुवा उत्खनन् गरेर राज्यले अर्बौँ रुपैयाँ आर्जन गर्न सकिन्छः सभापति सिंह


नदी तथा खोलाको गिट्टी, बालुवा उत्खनन् गरेर राज्यले अर्बौँ रुपैयाँ आर्जन गर्न सकिन्छः सभापति सिंह

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपक सिंहले नेपालका नदी तथा खोलाबाट गिट्टी, बालुवा र ढुंगा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले क्रसर उद्योग सञ्चालनका लागि आवश्यक गिट्टी, बालुवा र ढुंगाको उत्खनन् रोक्न नहुनेमा जोड दिए । नेपालका नदी तथा खोलाको गिट्टी, बालुवा र ढुंगा समयमै उत्खनन् नगरे भारत धनी हुने धारणा उनले राखे । उनले नदी तथा खोलाको गिट्टी, बालुवा उत्खनन् गरिए हजारौँलाई रोजगारी र राज्यलाई अर्बौँ रुपैयाँ आर्जन हुने विश्वास व्यक्त गरे । गिट्टी, बालुवा उत्खनन् गर्न नदिने र क्रसर उद्योगहरू पनि बन्द गरिए हजारौँ मानिस विदेश जानुपर्ने अवस्था आउने विषयमा सरकार सचेत हुन आवश्यक रहेको उनले औँल्याए । गिट्टी, बालुवा उत्खनन् नगरिँदा रोजगारी मात्र नभएर राज्यको राजस्व समेत गुम्ने खतरा रहेको उनको भनाइ छ ।

सरकारले गिट्टी, बालुवा र ढुंगा उत्खनन् गर्न दिएर अर्बौँ रकम आर्जन गर्दा ५० लाख रुपैयाँ खोला संरक्षणका लागि खर्च गर्नुपर्ने उनले उल्लेख गरे । यसरी काम गरे सरकारले प्रत्येक वर्ष अर्बौँ रुपैयाँ आर्जन र हजारौँ युवालाई मुलुकभित्रै रोजगारी दिन सक्ने उनले बताए । क्रसरको ठेक्का लिन मेयर, उपमेयरहरू नै अग्रसर रहेको भन्दै उनले यस्तो कार्य रोक्न आवश्यक रहेकामा जोड दिए ।

उनले आफ्नो कार्यकालमा कुनै बेइमानी नगर्ने प्रतिबद्धता जनाए । देशलाई ठग्ने काम नगर्न उनले क्रसर र टिपर व्यवसायीलाई आग्रह गरे । उनले सरकारका मुख्यसचिव र सचिवहरूले विदेशी कम्पनीहरूलाई खुसी बनाउनका लागि विभिन्न योजनाहरू हालिदिने गरेको आरोप लगाए । मुख्यसचिव र सचिवहरूलाई ‘रिटायर्ड’ भएपछि विदेशी कम्पनीमा पाँच वर्षसम्म काम गर्न नपाउने व्यवस्था गरे मात्र मुलुकलाई लयमा ल्याउन सकिने उनको भनाइ छ ।