Sunday, September 21, 2025

२०८२ आश्विन ५, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साउदीमा रोजगारीमा जानेको बायोमेट्रिक रोक्न व्यवसायीको माग


साउदीमा रोजगारीमा जानेको बायोमेट्रिक रोक्न व्यवसायीको माग

काठमाडौं ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबमा जाने नेपाली कामदारलाई आर्थिक भार पर्ने भन्दैं बायोमेट्रिक रोक्न माग गरेको छ ।

साउदी अरबले सन् २०२४ को सुरुदेखि सबैलाई बायोमेट्रिक अनिवार्य गर्ने तयारी गरेको  छ । नेपालमा रहेको साउदी दुतावसले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग कुनै अनुमतिबिना आफ्नो सूचना पार्टीमा सूचना प्रकाशितगरि २०२४ जनवरी १ बाट कामदारको बायोमेट्रिक गर्नु पर्ने लगायतका विषयहरु लागू गर्न भनेको छ ।

अहिले भिजिट र परिवारिक भिजामा बायोमेट्रिकका लागि १७ हजार लिइरहेको छ । कामदारका लागि भने यति नै लिने भनेर तोकेको छैन । तर, कामदारलाई सुरुमा ७ सय रुपैयाँ लिने भनिएको छ, भने विस्तारै बढाउँदै जाने उल्लेख छ । प्रतिदिन ५० जनाको मात्रै बायोमेट्रिक गर्ने कोटा दिने उल्लेख छ ।

नेपालबाट प्रत्यक दिन करिब ३ देखि ४ सय नेपाली रोजगारीको लागि साउदी जाने संघका अध्यक्ष राजेन्द्र भन्डारीले बताए । उनले कामदारलाई थप आर्थिक भार पर्ने भन्दै बायोमेट्रिक लागू गर्ने भन्ने विषयमा विरोध गरे । नेपालबाट साउदी जाने कामदारलाई बायोमेट्रिक लागू गर्ने हो भने आर्थिक भार थपिने उनको भनाई छ ।