काठमाडौं । नेपाल टेलिकमले नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत् उक्त च्यालेनजमा सहभागी हुन सकिने भन्दै टेलिकमले आज प्रेस विज्ञप्ती मार्फत् जानकारी दिएको हो ।
टेलिकमले विजेताहरुलाई नगद र अन्य पुरस्कारको पनि व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने छ ।
नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताएको छ । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा रहेको उनको भनाई छ ।
नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । भाद्र २४ देखी प्रारम्भ भएको यस योजनामा आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने नेपाल टेलिकमले जनाएको छ ।