Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हिमपहिरोमा कीर्तिमानी आरोही तेन्जेन शिशापाङ्मा बेपत्ता


हिमपहिरोमा कीर्तिमानी आरोही तेन्जेन शिशापाङ्मा बेपत्ता

काठमाडौं, हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिशापाङ्मा हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन्। ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले कीर्तिमानी बनाएका थिए। पुर्जाको नाममा रहेको सो कीर्तिमान तेन्जेन र नर्वेजियन आरोही क्रिष्टिना हारिलाले यसै वर्ष मात्रै तोडेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २० असोजका दिन करिब १ बजे गएको हिम पहिरोमा परी अमेरिकी नागरिक जिना मारिय रजुसिडलो र आरोही गाइड तेन्जेन बेपत्ता छन्। नेपाल पर्वतारोहण संघको सचिवालयका अनुसार तेन्जेन उनै कीर्तिमानी आरोही गाइड हुन्, जसले नर्वेजियन आरोही क्रिष्टिना हारिलासँग तीन महिना ९२ दिनको अवधिमा संसारका ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरी छिटो यस्तो आरोहण गर्ने आरोहीको कीर्तिमान राख्न सफल भएका थिए। यो रेकर्ड २७ जुलाई २०२३ मा बनेको हो।

हिमपहिरोमा नेपाली गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्नु गुटु बेपत्ता भएकोमा उनीहरुको सोही दिन निधन भएको छ। यस घटनामा कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामिरिता शेर्पा घाइते भएको पर्यटन मन्त्रालयले बताएको छ। हराइरहेका, घाइते आरोही तथा गाइडको खोज तथा उद्धारका लागि मन्त्रालयले पहल गरिरहेको समेत बताएको छ।