Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक वर्षमा मोबाइल फोन आयात ३४ प्रतिशतले घट्यो


एक वर्षमा मोबाइल फोन आयात ३४ प्रतिशतले घट्यो


काठमाडौं, श्रावण १० । एक वर्षमा मोबाइल फोन आयात ३४ प्रतिशतले घटेको छ। भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७८,७९ मा ४१ अर्ब १५ करोड रूपैयाँ बराबरको ६० लाख ३२ हजार मोबाइल सेट आयात भएको थियो। आर्थिक वर्ष २०७९,८० मा ३९ लाख ३५ हजार मोबाइल सेट आयात भएको विभागको तथ्यांकले देखाएको छ। सो परिमाणको मोबाइल आयातको लागि २६ अर्ब ५१ करोड रूपैयाँ बाहिरिएको छ।

मोबाइल वितरक संघका केन्द्रीय अध्यक्ष दिनेश चुल्याद्योका अनुसार मोबाइलको आयात घट्नुको प्रमुख दुई कारण छन्। पहिलो, व्यक्तिको क्रयशक्ति घट्नु आर्थिक मन्दीका कारण व्यापार व्यवसाय खस्केको छ। कतिपय कम्पनीले रोजगारी कटौती गरेका छन् भने रोजगारी दिएका कम्पनीले पनि समयमै पारिश्रमिक दिन सकेका छैनन्।

त्यसले गर्दा व्यक्तिको क्रयशक्ति घटेको छ। मोबाइल व्यक्तिको पहिलो प्राथमिकतामा पर्दैन, उनले भने, अन्य दैनिक आवश्यकता परिपूर्ति भएपछि मात्र मोबाइल खरिद गर्ने हो। दोस्रो, अवैधानिक तरिकाले फोन भित्रिनु खुला सिमानाका कारण अवैधानिक फोन भित्रिएका कारण पनि भन्सारको तथ्यांकमा आयात घटेको दिनेश बताएका छन्।