Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साढे ६ लाख भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि मुद्दा


साढे ६ लाख भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि मुद्दा

काठमाडौं, २४ असार । हुम्लामा खानेपानी ट्याङ्की बनाउँदा ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतमाथि मुद्दा दायर गरेको छ ।

देवकोटाबाडास्थित चंखेली गाउँपालिका वडा नम्बर २ मा खानेपानी ट्याङ्की बनाउन आर्थिक वर्ष २०७८/०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बजेट बिनियोजन गरी ट्याङ्की उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिइएको थियो । तर आधा काम बाँकी हुँदा ट्याङ्की निर्माणको काम सकियो भनेर प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले फर्जी बिल भरपाई पेश गरेर सबै रकम निकासा गरी हिनामिना गरेको अख्तियारको आरोप छ ।

नभएको काम पनि भएको भन्दै प्रतिवेदन बुझाएकाले इन्जिनियर मानबहादुर ऐडी, सबइन्जिनियर गोभधन बोहरा र लेखापाल नवीन रेग्मीमाथि पनि अख्तियारले मुद्दा दायर गरेको छ । 
साथै वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, देवकोटाबाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समिति अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धिताललगायतलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ ।