Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाढीपहिरो पीडितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ५१ लाख सहयोग हस्तान्तरण


बाढीपहिरो पीडितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ५१ लाख सहयोग हस्तान्तरण

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग प्रदान गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा सम्पन्न एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले रु. ५१ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सहयोगको लागि धन्यवाद दिए ।

समारोहमा इन्स्योरेन्सका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।