Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

टिकटक प्रतिबन्ध लगाउदा विरोध भएपछि बोले प्रधानमन्त्री पुष्पकमल दाहाल

सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल बनाउने मुख...


टिकटक प्रतिबन्ध लगाउदा विरोध भएपछि बोले प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।

मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर निर्णय गरेको बताए ।


उनले अन्तर्राष्ट्रिय स्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउने उद्देश्यले टिकटक बन्द गर्नुपरेको बताए। उनले १० अर्बको कोष खडा गरेर भूकम्प पीडितलाई सहयोग प्रक्रिया अघि बढाएको बताए ।

टिकटक बन्द गर्ने सरकारको उद्देश्य समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको उनको स्पष्टोक्ति थियो ।

समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई के गरी नियन्त्रण गर्ने रु भन्ने विषयमा लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रमुख प्रतिपक्षसमेत । सबैको लामो बहस र सहमति पछि समेत, अन्तर्राष्ट्रिय स्तरमा समेत सबैभन्दा लोकतन्त्र र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्नेकुराको अध्ययन गरेर सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन उद्देश्यले गरेको हो । यो बहस हुँदै जाला ।

यसमा मत र विमति पनि होलान् । सरकारको उद्देश्य म प्रधानमन्त्री हुँदा नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको छु, प्रधानमन्त्री दाहालले भनेका छन् ।

प्रधानमन्त्री दाहालले सोमबारको मन्त्रिपरिषद् बैठकले आवासको समस्या समाधान गर्न विज्ञूरुबाट अध्ययन गराउनेदेखि आवास बिमाको सम्भावनाको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने निर्णय गरेको समेत बताए ।