Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

करको दायरा बढाउँन व्यवसाय दर्ता तथा नवीकरण शिविर


करको दायरा बढाउँन व्यवसाय दर्ता तथा नवीकरण शिविर

काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आफ्नो पालिका भित्र करको दायरा बढाउँदै लैजाने उद्देश्यले व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिकाको वडा नम्बर १ र २ को वारपाकमा बुधबारदेखि शिविर सञ्चालनमा ल्याइएको हो । पालिका भित्रका व्यावसायीहरुलाई सहज हुने गरी गाउँपालिकाले वडा वडामा व्यावसाय दर्ता तथा नवीकरण शिविर सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आचार्यले जानकारी दिए ।

उनका अनुसार करको दायरामा नआएका व्यवसायीहरुलाई करको दायरामा ल्याउन र दर्ता भएर पनि नवीकरण नगरेका व्यावसायीहरुलाई ध्यानमा राखी गाउँपालिकालाई राजस्वमा पनि आम्दानी वृद्धि हुने भएकाले वडा–वडामा गाउँपालिकाले कर्मचारी खटाएर शिविर सञ्चालन गरेको बताए ।

वारपाक सुलीकोट गाउँपालिका भौगोलिक रुपमा पनि विकट भएकाले पालिका भित्रका वासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म आइपुग्न धेरै समय लाग्ने भएकाले पनि वडामा पुगेपछि व्यवसायीलाई पनि सहजता होस् भन्ने उद्देश्यका साथ शिविर सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

शिविरमा आएर व्यावसाय दर्ता गर्नेहरुका लागि तत्कालै प्रमाणपत्र उपलब्ध गराउँदै आएको गाउँपालिकाको योजना तथा प्रशासन शाखाका प्रमुख ईश्वरी प्रसाद पनेरुले जानकारी दिए । पालिकाको प्रत्योक वडामा शिविर सञ्चालन भएपछि व्यवसाय दर्ता तथा नवीकरण गर्नका लागि पालिकासम्म धाउनु नपर्ने भएको छ ।