काठमाडौं, नेपाली बजारमा बुधबार सुनको सामान्य अंकले घटेको छ। मंगलबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला १ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।