Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको पहिलो दिन सेयर बजार २१.१२ अंकले घट्यो


साताको पहिलो दिन सेयर बजार २१.१२ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २१.१२ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६०९ मा कायम भएको हो । कारोबार भइरहँदा बजार पौने १ बजे २६४० अंकसम्म पुगे पनि अडिन सकेन । पौने १ बजेपछि बजारमा बिक्री चाप बढ्दा परिसूचक घटेको हो ।

कारोबार रकम भने, सामान्य बढेको छ । गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडको भयो । ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो । माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ ।

त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे । महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । मानुषी लघुवित्तको ६.०९, सिर्जनशील लघुवित्तको ५.८९ तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ५.७ प्रतिशत बढ्यो ।

५ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ८.७, ग्रीन डेभलपमेन्टको ८.३ तथा बेस्ट फाइनान्सको मूल्य ७.१ प्रतिशत घट्यो ।