Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगद सहित सरकारी कर्मचारी नियन्त्रणमा


नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगद सहित सरकारी कर्मचारी नियन्त्रणमा

बाँके । नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद सहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।