Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण आविष्कार केन्द्रले मर्मत गर्यो


अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण आविष्कार केन्द्रले मर्मत गर्यो

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरण मर्मत गरेको छ । केन्द्रले १० ओटा सङ्घीय अस्पतालमा थन्किएका ती उपकरण पुनः प्रयोगका लागि तयार पारेको हो ।

केन्द्रका इञ्जिनियर उमेश किराँतीका अनुसार ती उपकरण मर्मत गर्न २३ लाख २० हजार रुपैयाँ खर्च भएको छ, जुन बजार मूल्यको तुलनामा निकै कम हो । केन्द्रले सामान्य तार जोड्ने कामदेखि आवश्यक थप सामग्री मगाएर जटिल मर्मतसमेत गरेको छ ।

गत भदौ १८ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बिग्रिएर मर्मत अभावमा थन्किएका १७ ओटै सङ्घीय अस्पतालका उपकरणको अध्ययन तथा मर्मतका लागि आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए । सम्झौताअनुसार हालसम्म १० अस्पतालका उपकरण मर्मत गरिएको केन्द्रले जनाएको छ ।