Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेलको विषयमा छलफल हुदै


राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेलको विषयमा छलफल हुदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्घीय संसद प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सहभागी छन् । बैठकमा एनसेलको विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नियामक निकाय दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायत पनि सहभागी भएका छन् । एनसेलको विषयमा सरकारकातर्फबाट के कस्तो कारबाही भइरहेको छ ? सो सम्बन्धमा बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।