Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सबै ब्रोकर कार्यालयमा तालाबन्दी


सबै ब्रोकर कार्यालयमा तालाबन्दी

काठमाडौं, २१ जेठ । शेयर बजारका लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । विगत चार दिनदेखि आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक वधेयक संसोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनी दिँदै तालाबन्दी गरेका हुन्। बजेटको नयाँ व्यवस्थाले केवल पूँजी बजार र घर जग्गा कारोबारमा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै क्षति पुर्याउने लगानीकर्ताहरूको भनाइ छ।

विद्यमान पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने शेयर बजारका लगानीकर्ताहरुको माग छ। हाल तिर्दै आएको पूँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्तामा दुविधा उत्पन्न भएको छ। आज बिहान अर्थमन्त्री डा. प्रकाश शरण महतको निवासमा ध्यानाकर्षणकालागि परेका उनिहरुलाई प्रहरीले रोकेको थियो । अर्थमन्त्रीको घरमा प्रहरीले रोके पछि लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा तालाबन्दी गरेको लगानीकर्ता तिलक कोइरालाले बताए।