Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमै उद्योग व्यवसायको माहोल बढाऔं, रोजगारी सिर्जना गरौं: अर्थमन्त्री महत


नेपालमै उद्योग व्यवसायको माहोल बढाऔं, रोजगारी सिर्जना गरौं: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैँ खुला रहेको बताएका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री महतले व्यवसायीका समस्या लिखित पठाउन आग्रह गरेका हुन् । उनले उद्योगी व्यवसायीका समस्या छलफलबाटै हटाउन सकिने बताएका छन् ।

विगतमा अर्थतन्त्रमा समस्या भए पनि अब सकारात्मक संकेत देखिन थालेको पनि अर्थमन्त्री महतको दाबी छ । ‘अहिले जति पनि तथ्यांकहरू छन्, यी तथ्यांकले अहिलेको मैले भनेका कुराको पुष्टि गर्छ । हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेटमार्फत घोषणा गरेका थियौं, अहिले ५ दशमलव ३८ मा मूल्यवृद्धि झरेको छ ।

छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ,’ उनले भने । सेयर र जग्गा कारोबारले गति सम्हालेको र पर्यटन क्षेत्रमा पनि सुधार आएको उनको भनाइ छ । ‘सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै  छ । जग्गा कारोबारले पनि केही गति समातेको छ ।

पूर्वाधारमा ठूलै समस्या रहेको, पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न सकेको उनको भनाइ थियो । आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उनले बताउनुभयो । मन्त्री महतले भने, ‘त्यसैगरी रेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भयो ।

यो पूँजी प्रवाह हाम्रै अर्थतन्त्रमा भएको छ । त्यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा दुई मत छैन । हाम्रो सञ्चितिले एक वर्ष पुग्छ । सबै सूचक सकरात्मक भएको अवस्थामा लक्ष्य गरेको आर्थिक वृद्धिमा हामी पुग्न सक्छौं ।’