काठमाडौं,२२ असार । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा पहिलो दिन २ लाख ४४ हजार ७ सय ९० जनाले आवेदकले निवेदन दिएका छन् । निवेदकहरुले पहिलो दिन नै ३१ लाख ७६ हजार ९ सय कित्ता बराबरको शेयर माग गरेको छ । आवेदकबाट ७५ करोड २६ लाख ५८ हजार ३ सय ३२ रुपैयाँ बराबरको आवेदन परेको हो ।
आइएमई लाइफले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो ।