काठमाडौं । नेपाली पर्यटन व्यवसायका विविध पक्ष समेटेर पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले लेखेको आधा शताब्दी नामक कृति विमोचन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सो कृतिको विमोचन गरे ।
हिमालयन सोसल जर्नीले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले नेपालको पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास आवश्यक भएको बताए । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि पर्यटनको प्रवर्द्धनका लागि सरकारले छिट्टै नीतिगत व्यवस्था गर्ने बताए ।
विमोचित कृतिको वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार डाक्टर नवराज लम्साल र गोकर्ण अर्यालले समीक्षा गरे । पर्यटन व्यवसायी एवं स्रष्टा सापकोटाले आधा शताब्दीमार्फत पर्यटन क्षेत्रका विकृति विसंगति अन्त्यको बाटो देखाएका बताए ।