Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार परिसूचकमा गिरावट


सेयर बजार परिसूचकमा गिरावट

 

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) अघिल्लो दिनको तुलनामा ३५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१५० अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ५ अर्ब ९७ करोडको कारोबार भयो ।
 
जम्मा ३६ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने १ को स्थिर रहृयो । जीवन बीमा बाहेकका सबै उपसमूह घटेका छन् । जीवन बीमा उपसमूह ३०४ अंक बढ्यो ।जसमध्ये बैंकिङ १९, विकास बैंक ९७, फाइनान्स ५८, होटल तथा पर्यटन १५६, जलविद्युत् ५०, माइक्रोफाइनान्स १२८, निर्जीवन बीमा ५९, अन्य ५२ र ब्यापार उपसमूह ६६ अंक घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
 
हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्लु लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, एसिएन लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।