Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इजरायलबाट १९ जना स्वदेश फर्किए, नयाँ दिल्ली हुदै गन्तव्यमा जाने


इजरायलबाट १९ जना स्वदेश फर्किए, नयाँ दिल्ली हुदै गन्तव्यमा जाने

काठमाडौं । इजरायलमा विद्रोही समूह हमासको आक्रमणपछि असुरक्षित अनुभव गरी स्वदेश फर्काउन आग्रह गरेपछि १९ जनालाई पुनः ल्याइएको छ । इजरायलमा रहेको नेपाली दूतावासमा निवेदन दिएकालाई मङ्गलबार राति ल्याइएको हो ।

भारत सरकारको उद्धार जहाजमार्फत इजरायलको तेलअभिभबाट १९ जना नेपाली नयाँ दिल्ली आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन । उनीहरू मङ्गलबार बिहान इजरायलको स्थानीय समय अनुसार बिहान ९ बजे उडेका थिए ।

उनले भनिन्, “इजरायलमा श्रमिकका रूपमा कार्यरत १९ जनाले नेपाल फर्किन निवेदन दिए । हाल इजरायलबाट नेपाल फर्किन चाहनेको सङ्ख्या तीन सयभन्दा बढी रहेको इजरायलमा रहेको दूतावासले जनाएको छ ।

इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थी असुरक्षित भएपछि सरकारले शुक्रबार २५४ जनालाई स्वदेश फर्किएको थियो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आफैँ गएर ती विद्यार्थीलाई ल्याएका थिए ।

इजरायल सरकारले आक्रमणमा परेर मृत्यु भएका १० जनामध्ये पाँच जनाको शव हस्तान्तरण गरिसकेको छ, भने पाँच जनाको शव अझै दिएको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले शव ल्याउने प्रक्रिया बाँकी नै रहेकाले अझै केही समय लाग्ने बताइन । इजरायल सरकारले आफ्नो प्रोटकल पूरा गरी शव हस्तान्तरण गरेलगत्तै ल्याइने उनको भनाई छ । इजरायलमा सम्पर्कविहीन रहेका सुदूरपश्चिम विश्वविद्यालयका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।