काठमाडौं । बुधबार सेयर बजारमा १७४ कम्पनीको मूल्य बढ्दा ५२ को घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य भने स्थिर रहृयो । धेरैजसो कम्पनीको मूल्यसँगै परिसूचक नेप्से ९.२४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९६७ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो रकम हिजोको तुलनामा जम्मा १ करोड कम हो । बैंकिङ जम्मा ०.०७ अंकमा रातो रहृयो ।
विकास बैंक २२, फाइनान्स १७, होटल तथा पर्यटन ७८, जलविद्युत् २८, जीवन बीमा ५२, उत्पादन १६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ६१, अन्य ४ र ब्यापार उपसमूह २३ अंक बढे । मध्यभोटेकोसी जलविद्युत् आयोजना र बुद्धभूमि हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।
इनिफिनिटी लघुवित्त, सीवाईसी लघुवित्तको मूल्य क्रमशः ९.८ र ७.६ प्रतिशत बढ्यो । समता घरेलु लघुवित्तको मूल्य ६.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र सन नेपाल लाइफ क्रमशः अगाडि रहे ।