काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले उद्योगी व्यवसायीहरूले बैंकहरूले नियम विपरीत ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए । उनले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरूलाई फिर्ता गराएको उल्लेख गरे ।
उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरूलाई आग्रह गरे । उनले व्यवसायीलाई बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे । गभर्नर अधिकारीले व्यवसायीहरूले बैंकहरूले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरूका लागि प्रोत्साहन मिल्ने बताए । उनले ठूला व्यवसायीहरूले बैंकहरूबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे ।
उनले बैंकहरूको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरूले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पारे । उनले उद्योगी व्यवसायीहरूले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताए । उनले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरूलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताए ।
‘उद्योगी व्यवसायीहरूले बैंकहरूबाट ऋण लिनुहुन्छ तर आफ्नो योजना बनाउनु हुदैन । मैले ऋण लिनुपर्ने कति हो र व्यवसायको साइज कति हो । व्यवसायीहरूले ऋण लिने बेलामा आफ्नो घााटी हेर्नु हुादैन । एकै चोटी हड्डीको साइज लिनुहुन्छ । अनि अड्कियो भने त्यो समस्या राज्यलाई र राष्ट्र बैंकतिर थुपर्नुहुन्छ ।
जुन कुरा गलत छ । स्पष्ट रुपमा भन्नुपर्छ । उद्योगी व्यवसायीहरूको लागि बैंक तथा वित्तीय संस्थाहरूको ऋण नै मात्रै सबै कुरा होइन होला ? ब्याजले कति असर पर्छ,' उनले भने, 'अहिले पनि बैंकहरूबाट ठूलो व्यवसायीहरूले ६.५ प्रतिशत देखि लिनुभएको छ । ३ वर्षदेखि अहिलेपनि सुविधा लिइरहनुभएको छ ।
९ प्रतिशत लिने धेरै व्यवसायीहरू हुनुहुन्छ । जसले पहिले नै फिक्स गर्नुभएको छ । बैंकहरूको ब्याजदर १० प्रतिशत भइराख्दा पनि ८ प्रतिशतसम्म ब्याजमा ऋण लिने व्यवसायीहरू पनि हुनुहुन्छ । नेताहरूकामा भाषण गर्दा व्यवसायीहरूले १८ प्रतिशत ब्याज लिएको छ भन्नुहुन्छ । यति बैंकहरूको १६ देखि १८ प्रतिशतसम्म ब्याज दिएको छ भने राष्ट्र बैंकको गुनासोमा त्यो स्टेस्टमेण्ट लिएर आउनुस् ।
व्यवसायीहरूसाग बेसी लिएको ब्याज बैंकबाट फिर्ता गराउछौं । गत वर्ष ४ अर्ब ७६ करोड कमर्सियल बैंकहरूबाट बढी प्रिमियम लिएको रकम फिर्ता गरायौं । बजारमा हैवा फैलाउने हिसावले बैंकहरूले लिादै नलिएको कुरा लियो भनेर बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउने लागि प्रोसाहित गर्नेगरी कुरा गरिरहेका छौं ।
जुन कुरा गलत छ । वास्तविकता के हो त्यो हेर्नुपर्छ । कसैले १८ प्रतिशत ब्याज तिर्नुभएको छ । छैनन् । त्यसैले गर्दा बैंकको ब्याजदर निर्धारण गर्ने कुरा राष्ट्र बैंकले बजारलाई छाडेको छ । राष्ट्र बैंकले माइक्रोम्यानेजमेण्ट हेर्यो भन्ने कुरा आएको छ त्यो निजी क्षेत्रले हेर्नुभएको छ ।’