Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नागरिक लगानी कोषमा सहभागीले थप १.५ प्रतिशत प्रतिफल पाउने


नागरिक लगानी कोषमा सहभागीले थप १.५ प्रतिशत प्रतिफल पाउने

काठमाडौं, ३१ असार । नागरिक लगानी कोषले सहभागीहरूलाई नियमित ब्याजका अतिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समिति व्यवस्थापनको राय सिफारिस अनुसार उक्त निर्णय भएको हो । आर्थिक वर्ष २०७८—७९ को अन्त्यसम्ममा कोषमा मौज्दात रकम रहेका सहभागीहरूलाई सो आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए ।

यसभन्दा अघि पनि कोषले १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिएको थियो । यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सात वटा बचत कार्यक्रमध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने सिलवालले बताए । अन्य छ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।