Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जाजरकोट भुकम्पःबाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल, घाइतेहरुले जिल्लाका अस्पताल भरिभराउ


जाजरकोट भुकम्पःबाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल, घाइतेहरुले जिल्लाका अस्पताल भरिभराउ

काठमाडौं । जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ ।

त्यसका लागि तयारी भइसकेको छ । प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको  छ । बिरामीका आफन्तले नरेश श्रेष्ठ ९९८५११४३६६६०लाई सम्पर्क गर्नसक्नेछन् ।

यस्तै, कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।

अस्पतालहरूमा पर्याप्त मात्रामा चिकित्सक, नर्सिङ स्टाफ, र लजिस्टिकको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल, आर्मीको हेलिप्याडमा २र२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । बाँकेमा रगतको मौज्दात रहेको छ । अपुग भएका फ्रेस रगत आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।