काठमाडौं, काठमाडौं महानगरपालिकाले दसैं ,तिहारको अवसरमा धरहरा क्षेत्रभित्र अस्थायी रूपमा भूमिगत पार्किङ खुला भएको छ।दसैं, दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ निःशुल्क रूपमा खोलिएको महानगरपालिकाले बताएको छ।
असोज २१ गते देखि पार्किङ खुला गरिएको हो।४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। त्यहाँ ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न सकिने बताइएको छ।