Monday, May 06, 2024

२०८१ बैशाख २४, सोमबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना


नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना

काठमाडौँ । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार सम्झौता भएको हो ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफाले सम्झौतामा हस्ताक्षर गरे । परिषद्ले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ । परिषद्को उद्देश्य दुई देशका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।

परिषद् स्थापनापछि सहकार्य थप प्रगाढ भएकाले अब लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखे । ‘सम्झौताले आगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष अल थानीले भने । महासंघ अध्यक्ष ढकालले परिषद्मार्फत थप सहकार्यका लागि थप काम गरिने बताए ।

‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ,’ उनले भने । परिषद् स्थापनापछि नेपालको जलविद्युत्, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुने उनको भनाइ छ ।