काठमाडौं, नेपालको डिजिटल वालेट ‘आइएमई पे’ द्वारा सजिलै ‘सिस्टम्याटीक इनभेष्टमेन्ट प्लान’ एसआईपी को रकम भुक्तानी गर्न मिल्ने भएको छ । जसका लागि ‘आईएमई पे’ ले एनआईसी एशिया क्यापिटल र कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।
सम्झौता अनुसार आइएमई पे का सेवाग्राहीले एनआईसी एशिया क्यापिटल को ‘एनआईसी एसीया डाइनामिक डेबिट फण्ड र कुमारी क्यापिटलको ‘कुमार सुनौलो लगानी योजनाको एसआईपी र यूनिट प्रचेजको भुक्तानी गर्न सक्नेछन् ।
पूँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आईरहेको भुक्तानीलाई थप सहज पार्दै सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मीले बताएका छन् ।