Sunday, June 02, 2024

२०८१ जेष्ठ २०, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेप्सेको ओरालो यात्रा कायमै


नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौंथो दिन आज नेप्से परिसूचक १०।२५ अंकले घटेर २ हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ ।


आज विभिन्न ३ सय ११ कम्पनीका १ करोड १० लाख ४९ हजार ९ सय ४९ कित्ता शेयर ९० हजार २ सय १० पटक खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८ बराबरको कारोबार भएका छन् ।


बैंकिङ समूह शून्य दशमलव ०९ र म्युचुअल फन्ड समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् समूह एक दशमलव २७ र लगानी समूह एक दशमलव ६५ प्रतिशतले घटेको छ ।

चन्द्रागिरि हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २५ करोड १५ लाख ६८ हजार ६७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अरुण काबेली पावर लिमिटेडको ५ लाख ७१ हजार ८ सय ७४ कित्ता शेयर किनबेच भएको छ ।