Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भदौमा मात्रै उपभोक्ता मूल्यवृद्धि मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत


भदौमा मात्रै उपभोक्ता मूल्यवृद्धि मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत

काठमाडौं, भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि मुद्रास्फीति ८.१९ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.६४ प्रतिशत थियो। भदौमा मूल्यवृद्धि ८.१९ प्रतिशत समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.९९ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ।२०७९ भदौ महिनामा यी क्षेत्रहरुको मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो।