काठमाडौं । साधारण सभा गर्ने समय नजिकिएसँगै कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढेको छ । कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्छ ।
पुस मसान्तभित्र साधारण सभा नगरेमा नियमानुसार कारवाही गरिने हुँदा पछिल्ला दिनमा धमाधम लाभांश घोषणाको सूचना सार्वजनिक भइरहेका छन् । बुधबार लक्ष्मी सनराइज बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् ।
लक्ष्मी सनराइज बैकले ७ दशमलब ३७ प्रतिशत लाभांश घोषणा गरेका छन् । बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलब ३७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सले ५ दशमलब ०५ प्रतिशत नगद लाभाश दिने घोषणा गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले भने यसपटक पनि लाभांशको प्रस्ताव गरेको छैन ।