काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २१.६७ अंकले घटेको छ । बुधबार १ प्रतिशतले घटेको सेयर बजार २०९७.९३ अंकमा कायम भएको छ । कुल २९ कम्पनीको सेयर मूल्य बढ्यो भने २१५ कम्पनीको मूल्य घट्यो । ३ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
साताको पहिलो दिनदेखि बढेको सेयर बजार चौथो दिनमा फेरि घटेको हो । आइतबार, सोमबार र मंगलबार बढेको सेयर बजार २११९.६१ अंकमा पुगेको थियो । मंगलबार १४.८८ अंकले बढेको सेयर बजार २११९.६१ अंकमा कायम भएको थियो । त्यस्तै सामेबार १०.२६ अकंले सेयर बजार बढेको थियो ।
आइतबार १०.३७ अंकले बढेको थियो । सबै उपसमूह घट्दा उत्पादन तथा प्रशोधन मात्रै बढ्यो । बुधबार उत्पादन तथा प्रशोधन उपसमुह ८.३८ अंकले बढ्यो । सबैभन्दा बढी जीवन बिमा १४७.४२ अंकले घट्यो । निर्जीवन बिमा ११६.
५१, होटल तथा पर्यटन ११४.१७, विकास बैंक ७९.३० अंकले घट्यो । सामलिङ पावर कम्पनीको मूल्य ९.८७ प्रतिशतले बढ्यो । मन्दाकीनि हाइड्रोपावरको ९.६७ प्रतिशतले मूल्य बढ्यो । बुधबार हिमालय रिइन्स्योरेन्सको ६३ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।